दफा २२
रुग्ण उद्योगको पुनरुत्थान तथा पुनर्निर्माणसम्बन्धी व्यवस्था
२२. रुग्ण उद्योगको पुनरुत्थान तथा पुनर्निर्माणसम्बन्धी व्यवस्था
सबैस्तरका रुग्ण उद्योगको पहिचान र पुनरुत्थान तथा पुनर्निर्माण गर्न कानूनमा व्यवस्था गरी सम्बन्धित क्षेत्रका विशेषज्ञहरू रहेको एक अधिकारसम्पन्न र उच्चस्तरीय न्यायिक अधिकारसहितको आयोग गठन गरी रुग्ण उद्योगसम्बन्धी समस्याको समाधान गरिनेछ । आयोगको संरचना, काम, कर्तव्य र अधिकार कानूनले निर्धारण गरेबमोजिम हुनेछ ।